नमस्कार ।
आज यहाँहरुले जुन पवित्र कार्य सुरु गर्ने जमार्को गर्नु भएको त्यसको लागी धेरै धेरै धन्यावाद र हार्दिक शुभ कामना छ । तपाईहरको प्रयासलाई कुनै त्यस्तो शव्द छैन जुन शव्दले मेरो मन भित्रको सारा कृतज्ञता पनि प्रकट होस र तपाईप्रति पनि आभारी हुने शव्दहरु लेखियोस ॥ लाख लाख सलाम छ तपाईहरुको पवित्र कार्यलाई बस ।

chakendra

नाम : चकेन्द्र राई
साहित्यि उपनाम : चकेन्द्र राई कैदी
जन्मथलो : पाख्रीबास धनकुटा नेपाल ।
आमाको नाम : सरिता राई ।
बाबुको नाम :ईन्द्र बहादुर राई ।
साहित्यक क्षेत्रमा प्रवेश : २०४९ ।
साहित्यक उत्पे्ररण : समाजिक बिसंगती ।

प्रकाशित कृतिहरु :लाहुरे खण्डकाब्य नेपाल टि,भी बाट कविता प्रशारित रेडियो नेपाल क्षेत्रिय प्रशारण केद्र धनकुटा बाट गीति कथा तथा कविताहरु प्रशारित अनि बिभिन्न पत्रपत्रिका बाट यात्र संमरण कथा र फुटकर कबिताहरु प्रकाशित ।
मन पर्ने साहित्य : आमा लज्जा
साहित्यलाई भन्नु पर्दा : चेतना अभिब्याक्ति र सृजनाको हो साहित्य जुन परिर्वतनशिल हुन्छन् ।
रुचि लक्ष्य : साहित्य सृजना र समाज सेवा ।

नेपाली साहित्यको भविश्य : सुचना र संचारजगतलॆ गरेका अतुलनिय प्रगतीले नेपाली साहित्यमा पनि सकारात्मक प्रभाव पारेको छ । अतः नेपाली साहित्य एउटा कोठा मा मात्र सिमीत रहेन । त्यसैले म धेरै आशाबादी छु । र उज्वल भविश्य देखेको छु ।

अन्तमा भन्नु पर्ने केहि रह्यो की :यो दुनिया बदल्ने ब्रम्हाअस्त्र भनेको नै चेतना हो ईमानदारिता हो जिम्मेवारिता हो । त्यो उच्च चेतनाले मात्र यो दुनियाँ बदलिन्छ । त्यसैले आज सम्पुर्ण बौद्धिक ब्यक्तित्वहरु एउटा मंच उभिनु नै पर्छ । साहित्य र देशकालागी केहि गर्ने र गराउने प्रण गरॆ निश्चय नै केहि हुने थियो ।

No comments:

Your Comments