स्रष्टाहरुको चिनारी ....!

हाम्रो नयाँ अध्यायसँगै अनुरोध............!!
मानबले जिउन हरेक थोकको आबश्यक्ता पर्छ। खाना लाउन बस्न, तर यी मात्र पर्याप्त छैनन। मान्छेले कुनै आफुलाई जिबन्त दिन त त्यो चीजको आबश्यक्ता पर्छ जो एउटा जिबनमा अपरिहार्य छ। संगीत र शाहित्य, मान्छे अहिले सम्म कैयौं शताब्दी अगाडीनै शेष भैसकेका मानबहरु किन अहिले सम्म हामी सामु जिबित छन र उनीहरुको गुणगाण गाईन्छ? अबस्य उनीहरुको कृति, हो यसरी कृति छोडेर जानेहरु सधैं अमर हुँदारहेछन। त्यो कृतिको एउटा मुल हाँगो हो शाहित्य, हाम्रो नेपाली ईतिहासमा त्यस्ता धेरै छन, हामी सामु आफ्नो कृति छोडेर भावी पुस्तालाई सजिलो बाटो देखाउने श्रष्टाहरु। त्यसैले हाम्रो छोटो प्रयासमा सहभागी भै यो हाम्रो सानो सञ्जाललाई आफ्नै सम्झी माया गरीरहनुहुने हाम्रा शाहित्यप्रेमी सर्जकहरुको छोटो लामो बिवरण राख्ने प्रयास गर्दै हाम्रो ब्लगमा एक अध्याय फेरी थप्न जाँदैछौ त्यो हो"श्रष्टा चिनारी" जुन हाम्रो ब्लगसँग आबद्व हुनुहुन्छ, र तपाईंहरुमा आग्रह गरिन्छकी आफ्नो बिवरण र यदी प्रकाशमा आइसकेका वा पब्लिस गरिसकेका आफ्ना कृति भए त्यसको पनि जानकारी समेत हामीलाई आफ्नो तस्बिरका साथ इमेल गर्न नभुल्नु होला।

भोजपुरे एडमिन एवं
भोजपुरे ब्लग परिवार।

स्रष्टा परिचय

नाम:- काङमाङ नरेश
जन्म:- २०३४-०१-०८
जन्मस्थान:- दिल्पा नागी-४ भोजपुर हाल धरान-१५

प्रकाशित कृति:

१: आँसुको दोभान संयुक्त कविता संग्रह २०६०
२: सीमाहीन विम्बहरु संयुक्त कविता संग्रह
संयुक्त कविता संग्रह २०६२ सम्पादन
३:अनुहारमा लुकाइएका चोटहरु कवित संग्रह २०६५
४: गि्रनविचका प्रतिध्वनिहरु २०६६प्राप्त पुरस्कारहरुः
१ सानोठिमी भक्तपुरद्वारा आयोजित चित्रकला प्रतियोगिता तेस्रो २०४८
२.म. ब. क्याम्पस धरान आयोजी खुल्ला कविता प्रतियोगिता प्रथम २०५१
३.प्र.बे.आ. र प्र.ने.सा.स. द्वारा यू. के. मा आयोजित कविता प्रतियोगितामा प्रथम २०५९
४: विश्व ब्यापी खुल्ला कविता प्रतियोगिता B.F.B.S UK २०६६ प्रथम

संस्थापक सचिव : नेपाली प्रतिभा प्रतिष्ठान बेलायत
संस्थापक सचिव : भोजपुर प्रतिभा प्रतिष्ठान बेलायत
अनुभवः BFBS Radio UK र ब्रुनाईमा कार्यक्रम संचालक









नाम: मनोज काफ्ले
साहित्यिक नाम: मनसुन
ई-मेल: manojmansun@yahoo.com
जन्मथलो: एलादी ४ देवीस्थान स्यांग्जा
स्थायी बसोबास:बुटवल (Rupandehi)
माता: श्री कौशिला काफ्ले
पिता: श्री रुक्मागत काफ्ले
रुची - लेखन सास्त्रीय-संगीत (लोक गायन) विविध,
साहित्य क्षेत्र प्रबेश: ०५५ साल
साहित्यमा उत्प्रेरणा: समाजिक विसंगती

प्रकाशित कृतिहरु:
1 पहिलो पटक आँधिखोला साहित्य सदन बाट प्रकाशित (एमराज) कविता सगुन मा
2 म शोकाकुल भएँ (कविता संग्रह)
3. फुट्कर: कविता, गजल, गीत (बिभिन्न वेभसाईट मेडियामार्फत)

प्रकाशोन्मुख कृतिहरु:
1 बिरानो देश (खण्ड काव्य)
2 मनसुन याम (कविता संग्रह)
सम्पर्क +96599646183 +96599646183 (KUWAIT)

नेपाली साहित्यको भविष्यः नेपाली साहित्यको भविष्य: मानव सभ्यतासंगै हरेक संरचना, सिर्जना, शक्ति र अभिब्यक्तिहरु बिकास र बिस्तार हुन्छन। यसैनुरुप हिजो भन्दा आज साहित्यको बिकसित र बिस्तारितरुप पाइएको छ। त्यसैले नेपाली साहित्यको भविष्य अँध्यारो छ, भन्न नमिल्ला।


अन्तमा: जसलाई ठेस लागेको हुन्छ उसैलाई मात्र चोटको अनुभूति हुन्छ अन्जानमा होस् या जानीजानी मेरो आफ्नै जीवन मा घट्ने अविस्मरनिए पान्ना पल्टाउदै म यो बाटोमा हिड्न खोजेको हुँ l








नाम - योगेन्द्र गिरी
साहित्य नाम - योगेन्द्र गिरी "संघर्ष"
जन्मथलो - धुपू-१ लेब्रंग संखुवासभा |
कोशी - नेपाल |
आमा,बाबुको नाम- -भेष बहादुर\भीम कुमारी |
सहित्यमा प्रबेश - २०६२ साल मा |
साहित्यमा उत्पेरणा- विभिन्न घटना क्रमबाट|
प्रकासित कृति - कविता ,गजल,कथाहरु |
साहित्यलाई भन्नै पर्दा - साहित्य बिनाको संसार अन्धाकर हुन्छ
रुचि - साहित्य लेखन र समाचार संकलन गर्ने
नेपाली साहित्यको भबिस्य - राम्रो र उज्वल देखिएको छ ।

अन्त्यमा भन्नु पर्ने केहि रहयो कि ?
- समाजमा घटेका घटना हरुलाई गीत,गजल,कविता मा उतार्ने कार्य गरेकोमा
यस भोजपुरे ब्लगलाई धेरै धेरै धन्यवाद ।








नाम: अर्जुन राई
साहित्यिक नाम: अर्जुन दुङ्मेन्
- (दुङ्मेन्, मेरो साहित्यिक नाम नै नभएर, गोद्र भित्रको शब्द भएकोले आगामी लेख रचनाहरुबाट मेरो कागजातहरुमा भएको नाम "अर्जुन राई" नै लेख्दै जानेछु।)
ई-मेल: dungmen_rai@yahoo.com
जन्मथलो: लिकुवापोखरी-५, खोटाङ
स्थायी बसोबास: बेल्टार-२, उदयपुर
माता: ईन्द्रदेवी राई
पिता: वीरध्वज बहादुर राई
साहित्य क्षेत्र प्रबेश: ०५२ साल
साहित्यमा उत्प्रेरणा: आमा
प्रकाशित कृतिहरु:
१. समसामयिक / सामाजिक लेखहरु।
२. फुट्कर: कविता, गजल, गीत (बिभिन्न वेभसाईट मेडियामार्फत)
प्रकाशोन्मुख कृतिहरु:
१. पर्खाई, कविता संग्रह।
२. अर्जुनको प्रेम पाएपछी, कविता संग्रह।
३. साकेला छाम, गीती पुस्तक। (राई बान्तावा भाषाको, चण्डी गीत)।
बिगतमा साहित्य क्षेत्रको संलग्नता:
१. दुरदर्शी साप्ताहिक, कार्यकारी सम्पादक-०६१।
२. नवमञ्जरी साहित्यिक मासिक, सल्लाहकार सम्पादक-०५८-०६२।
३. कञ्चन साहित्य पाक्षिक, प्रधान सम्पादक-०६५। (युद्धभूमी, बगदादबाट प्रकाशित।)
मन पर्ने साहित्य: कविता, आख्यान (कथा र उपन्यास)

साहित्यलाई भन्नै पर्दा: काल्पनिक वा वास्तबिक कुनै क्षण, घटना, दुर्घटना, दु:ख, सुख, हर्ष, आँशु, पिडा आदि इत्यादीको भावलाई सरल एबंम स्पष्ट भाषा र शैलीमा ब्यक्त गरिने सौन्दर्ययुक्त संरचना नै साहित्य हो।
रुची र लक्ष्य: भ्रमण, कला-साहित्य र समाजसेवा।
नेपाली साहित्यको भविष्य: मानव सभ्यतासंगै हरेक संरचना, सिर्जना, शक्ति र अभिब्यक्तिहरु बिकास र बिस्तार हुन्छन। यसैनुरुप हिजो भन्दा आज साहित्यको बिकसित र बिस्तारितरुप पाइएको छ। त्यसैले नेपाली साहित्यको भविष्य अँध्यारो छ, भन्न नमिल्ला।

अन्त्यमा भन्नै मन लागेको कुरो: नेपाली भाषा र साहित्यको अस्थित्व जवसम्म रहन्छ, तवसम्म नेपाल अनी हामी नेपालीको अस्थित्व र पहिचान रहन्छ। तसर्थ विश्वका साहित्यप्रेमीहरुको साहित्यिक एकताको नितान्तै जरुरी छ। साथै साहित्यप्रेमी सर्जकहरुको भावनालाई सम्मान एबंम कदर गर्दै अझ उचाईमा बढावा दिने शुभकार्य वा अवसर प्रदन गर्नु भएकोमा भोजपुरे ब्लग परिवारलाई भित्री हृदय देखी नै हार्दिक धन्यवाद दिन चाहन्छु।
धन्यवाद!











नाम - बान्तवा मिना,
साहित्य उपनाम- "मृदु"
जन्म थलो - उदयपुर
आमा बुबाकोनाम - हस्त/पन्च
साहित्यक्षेत्रमा प्रवेस - लेखन-१९९९ / सास्कृतिक-१९८६ "बाल्यवस्था"
साहित्यमा उत्प्रेना - सामाजिक बिसंगती आफ्नै वरीपरिको परीबेश ,
प्रकाशित - गित,कविता,गज़ल,
मन पर्ने साहित्य - सबै,
साहित्यलाई भन्नै पर्दा - साहित्य भनेको "संजीवनी"
रुची र लक्ष्य - सास्त्रीय-संगीत (गायन) विविध,
नेपाली साहित्य भबिस्य - कलमको धारले क्रान्ति गरे निस्य नै पुगिनेछ लभमा,
मन पर्ने साहित्य लेख - "मैले नजन्माएको छोरो" (परिजात)

अन्तमा भन्न पर्ने रह्यो कि? - मैले भन्नै पर्ने, नेपाली साहित्यको जगतमा पर-पुर्व काल देखि नै उन्नति भई-हुदै आएको हो, तर यसलाई अझै खार्नको लागि सर्बत्र साहित्य जगतले फेरी पनि एक पल्ट कलमको तरवार लिएर क्रान्तिको बाटो निम्ताउना जरुरि देखेको छु, यसले गर्दा हाम्रो सर्बत्र नेपाली साहित्यको पिंढी अनि राष्ट्र, रास्त्रियता र बाटो रेखा बनिनेछ|
जत्ति पनि नेपाली साहित्य प्रकाशानहरु छन् सबलाई मेरो हृदय देखि धन्यबाद छ , र `भोजपुरे ब्लोग्स्पोट डट.कम` लाई म धेरै-धेरै धन्यबाद दिन चहान्छु |  आउने भावी दिनहरुमा यो उच्च विचारलाई र सबैको लागि दिन सक्ने साहित्यिक स्वच्छ सोच आझ
सिखरमा पुगी उन्नातिलो बनोस् भन्ने यो मेरो हृदयको कामना छ,धन्यबाद!







नाम : जय वहादुर राई
साहित्यिक उपनामः    जय छाङ्छा
जन्म थलो :  बास्तिम ८ भोजपुर कोसी
पिताको नामः   काजीमान राई
माताको नामः  बिजुलादेवी राई
साहित्यिक क्षेत्रमा प्रवेशः      २०३४ साल
साहित्यिक उत्प्रेरणाः  साहित्यिक रचना एवं पुस्तकहरु
प्रकाशित कृतिहरुः 
क कविता सङ्ग्रह
१ पोटोम्याकको किनारमा २००१
२ छाङ्छाका प्रेम कविताहरु २००५
ख नियात्रा सङ्ग्रह
१ कङ्गारुको देशदेखि आइफेल टावरसम्म १९९५
२ चाँप फुल्ने पहाड मुन्तिर १९९८
३ बादल रुँदाको जुरिच २००३
४ विव्लेटो अकाशको धरातलतिर २००६
ग पथप्रदर्शक सङ्ग्रह
१ अमेरिका यात्रा अध्ययन र इलम २००६
घ वंशावली
१ छिछाङ्छा वान्तवा राई १९९७

मन पर्ने साहित्यः   नियात्रा एवं कविता  साहित्यलाई भन्नै पर्दाःव्यक्तिगत अन्तरमनको श्रृजना भए पनि समसामयिक समाजको ऐना ।
रुचि र लक्ष्यः   उत्कृष्ट लेखकहरुको रचनाहरुको अध्ययन गर्नु र राम्रा सिर्जना
गर्न सकौँ भन्ने व्यक्तिगत चाहना ।
नेपाली साहित्यको भविष्यः    आगामी लेखनको दिशाले निक्र्यौल गर्ने छ यो कसैले भनेर र
सोचेर मात्र हुने होइन ।
अन्त्यमा भन्नु केही रह्यो किः      तपाईको व्लगको दिनानुदिन प्रगति हुँदै जावोस् । निरन्तरता
दिने काममा अवरोध नआवोस् । साहित्य लगायत समाजको सेवा गने साहस गर्नु भएकोमा साधुवाद । तपाईहरुको प्रयासको सदैव सराहना गर्दै रहन पाइयोस् ।

nanada


१. नाम : नन्दलाल आचार्य
२.जन्म÷स्थान : २०३०-०३-२८ ठोिक्सला-जहडा उदयपुर
३. : तपेश्वरी-१ गल्फडिया,उदयपुर
Email:nandalal_acharya@yahoo.com
४.माता÷पिता: भगवती÷विष्णुप्रसाद आचार्य
५.शैक्षिक योग्यता : बी.ए. बी. एड. नेपाली एम.एड.
६.सम्प्रति : पि्र_िन्सपल लिट्ल फ्लावर मा.वि. राजविराज-९ सप्तरी
फोन न.: ०३१५२००३८
७.संलग्नता÷उपलब्धी :
- २०५० देखि संस्थागत विद्यालयमा शिक्षणरत्
- २०५२ सालदेखि साहित्य कविता कथा निबन्ध र नाटक÷एकाङ्की लेखन क्षेत्रमा सकि्रय ।
- स्थानीय तथा राष्ट्रिय पत्रपत्रिकामा दर्जनौं कविता कथा समालोचना एकाध निबन्धहरु र थुप्रै नाटक÷एकाङ्कीहरु प्रकाशित
- राजविराज सप्तरीबाट प्रकाशित हुने सत्यापन राजविराज टुडे न्यूज टुडे आजको वातावरण दैनिक श्रीसत्यापन जनक्रान्ति कृष्णा दैनिक जस्ता पत्रिकाहरुमा निरन्तररुपमा स्तम्भ लेखन तथा साहित्यिक एवं समसामयिक लेखहरु प्रकाशित ।
८. सम्पर्क : मो नं. ९८४२८२९२०६
९. सर्वप्रथम प्रकाशित रचना : १ कविता : कवि देवकोटा सर्वश्री दैनिकमा
२. निबन्ध : हडबडिएको मनका अक्षरहरु
सन्ध्या द्वैमासिक साहित्यिक पत्रिका
३. हाँस्यव्यङ्गय एकाङ्की : छलछाम छात्ते छ पाटी शब्दाङ्क्रर मासिक साहित्यिक पत्रिका
४. नाटक : प्रजातन्त्रका नवरसको सेरोफेरो सत्यापन साप्ताहिक २०५४
५. समालोचना : मधेश आन्दोलनले जन्माएको उपन्यास घुरु वर्ष : ३९ ÷ पूर्णाङ्क : १३७ ÷ असार-श्रावण : २०६५ अभिव्यक्ति मासिक पत्रिकामा
६ हाँस्यव्यङ्गय गीत÷ कविता : मधुपर्क साहित्यिक मासिकको हाँस्यव्यङ्गय विशेषाङ्कमा गीत र फित्कौली साउन ०६५ मा हेलो हेलो शीर्षकको कविता ।
७ लेख : राजनीतिमा साहित्यले पारेको प्रभाव कोशी मासिकमा पत्रिकामा
१०. रचना प्रकाशित राष्ट्रिय साहित्यिक समाचारमूलक एवं वैचारिक पत्रिकाहरु : गरिमा मधुपर्क र्मिमिरे कलम समष्टि शब्दाङ्क्रर अभिव्यक्ति जनमत मुना गोरखापत्र कान्तिपुर अन्नपूर्ण पोष्ट नेपाल समाचार पत्र राजधानी कोशी विमोचन सन्ध्या आँखा रचना दायित्व शब्दसंयोजन जनधोष जनमत फित्कौली शब्दसंयोजन जनादेश जस्ता राष्ट्रिय साहित्यिक एवं वैचारिक पत्रिकामा समेत वेलावेलामा कविता कथा निबन्ध नाटक समीक्षा÷समालोचना र एकाङ्कीहरु प्रकाशित ।
११. विधा :एकांकी नाटक कविता कथा र निबन्ध ।
१२. प्रकाशित अन्य रचना र विधा :१ र्मिमिरे साहित्यिक मासिकमा आगो निलेका अनुहारहरु कविता वर्ष ३५ अंक १२ पू। २५९ ०६३ चैत्र महाभूुल उपद्रव शिरोमणिदेखि सचेत नागरिकसम्मको कथा चिल र चिलोरको कथा कथा २ जनमत साहित्यिक मासिकमा- पलाष्टिकको पोको पू।१२७ प्रगतिशील कथाहरुको संग्रह मध्यरातमा : एक विश्लेषण मणि कोइमीको कविता संग्रह बारे समीक्षा आस्थाको अग्निपथ एक विश्लेषण ३ शब्दाङ्क्रर साहित्यिक मासिकमा- छलछाम छात्ते छ पार्टी एकाङ्की वर्ष ६ अंक १० पू। ७२ असोज ०६४ देश हराएको सूचना एकाङ्की वर्ष ७ अंक ३ पू। ७५ पुस ०६४ आत्मकथ्य लेख ०६५ ४ रचनामा- राष्ट्रिय झण्डा कविता वर्ष ४८ पू। ९६ ०६५ बैशाख जेठ ५ विमोचनमा- गजल कविताहरु ६ कोशी मासिकमा- राजनीतिमा साहित्यले पारेको प्रभाव लेख निओलको कथा संग्रह वारे समीक्षा र थुप्र्रै कविताहरु ७ आँखामा- नयाँ वर्ष कविता सोह्रौँ अंक र अभिभारा कथा वर्ष ४० अंक १७ २०६५ ८ जनादेशमा कविताहरु ९ कलम पत्रिकामा युग उचाल्ने अक्षरकर्मीका अवसान नाटक ०६६ भदौमा १० मधुपर्क्र पत्रिकामा गीत कविताहरु र आधा मेरो आधा तिम्रो शीर्षकको एकाङ्की २०६५ फागुन अंकमा गीत वर्ष ४० अंक १ पू। ४५६ जेठ ०६४ हाँस्यव्यंग अंक
११ गरिमा पत्रिकामा दाइजॊ शीर्षकको एकाङ्की २०६५ फागुन अंकमा १२ फित्कौली पत्रिकामा कविता साउन ०६५ मा १३ समष्टि पू…। मा खेल शीर्षकको कविता १४ ज्योति पत्रिकामा बाघले घाँस खायो ः एक विश्लेषण समीक्षा वर्ष ५ पू। ६ ०६५ असोज १५ सन्ध्या पत्र लेख वर्ष २ अंक २ पू। १२ कात्तिक मंसिर पौष १६ शब्दसंयोजन : एकता शीर्षकका एकाङ्की प्रकाशित ०६५ मा १७ प्रहरी ः कविताहरु प्रकाशित
१३. प्रकाशोन्मृ्ख कृतिहरुः
१ पत्रैपत्रका पानाहरु -पत्रात्मक निबन्ध संग्रह
२। ॐ विपरीताय नमः - लघु निबन्ध संग्रह
३ छरपष्ट जिन्दगी : कविता संग्रह
। ४। युग उचाल्ने अक्षरकर्मीको अवसान : नाटक÷ एकाङ्की संग्रह प्रेसमा
१४. प्रकाशनार्थ प्रेषित रचनाहरु ०६६ जेष्ठदेखि यता ०६६ असोज १८ सम्म प्रकाशित भए नभएको थाहा नभएको
१। दायित्व पत्रिकामा : पत्नी पीडित पतिको राम कहानी एकाङ्की २। सडकमा पीडा एक : भाका अनेक ……कवितामा देशप्रेम लेखकको जन्म पाठक…।एकाङ्की लेख समीक्षा शब्दाकंुरमा प्रेषित ३। रहस्यमय नारी कथा शारदामा प्रेषित ४। करार विवाह एकाङ्की गरिमामा प्रेषित ५। दर्द एकाङ्की मिर्मिरेमा पे्रषित ६। वादविवाद एकाङ्की मधुपर्कमा पे्रषित ७। परिवर्तन एकाङ्की रचनामा पे्रषित ८। नाम तिम्रो काम हाम्रो एकाङ्की अभिव्यक्तिमा पे्रषित ९। जिउँदो साँढे कथा ज्योतिमा पे्रषित चिचिला बालक र मुना पत्रिकामा बाल कविता गीत र लोककथा लगायत उल्लेख गर्न बाँकी केही ।
नमस्कार ।
आज यहाँहरुले जुन पवित्र कार्य सुरु गर्ने जमार्को गर्नु भएको त्यसको लागी धेरै धेरै धन्यावाद र हार्दिक शुभ कामना छ । तपाईहरको प्रयासलाई कुनै त्यस्तो शव्द छैन जुन शव्दले मेरो मन भित्रको सारा कृतज्ञता पनि प्रकट होस र तपाईप्रति पनि आभारी हुने शव्दहरु लेखियोस ॥ लाख लाख सलाम छ तपाईहरुको पवित्र कार्यलाई बस ।

chakendra

नाम : चकेन्द्र राई
साहित्यि उपनाम : चकेन्द्र राई कैदी
जन्मथलो : पाख्रीबास धनकुटा नेपाल ।
आमाको नाम : सरिता राई ।
बाबुको नाम :ईन्द्र बहादुर राई ।
साहित्यक क्षेत्रमा प्रवेश : २०४९ ।
साहित्यक उत्पे्ररण : समाजिक बिसंगती ।

प्रकाशित कृतिहरु :लाहुरे खण्डकाब्य नेपाल टि,भी बाट कविता प्रशारित रेडियो नेपाल क्षेत्रिय प्रशारण केद्र धनकुटा बाट गीति कथा तथा कविताहरु प्रशारित अनि बिभिन्न पत्रपत्रिका बाट यात्र संमरण कथा र फुटकर कबिताहरु प्रकाशित ।
मन पर्ने साहित्य : आमा लज्जा
साहित्यलाई भन्नु पर्दा : चेतना अभिब्याक्ति र सृजनाको हो साहित्य जुन परिर्वतनशिल हुन्छन् ।
रुचि लक्ष्य : साहित्य सृजना र समाज सेवा ।

नेपाली साहित्यको भविश्य : सुचना र संचारजगतलॆ गरेका अतुलनिय प्रगतीले नेपाली साहित्यमा पनि सकारात्मक प्रभाव पारेको छ । अतः नेपाली साहित्य एउटा कोठा मा मात्र सिमीत रहेन । त्यसैले म धेरै आशाबादी छु । र उज्वल भविश्य देखेको छु ।

अन्तमा भन्नु पर्ने केहि रह्यो की :यो दुनिया बदल्ने ब्रम्हाअस्त्र भनेको नै चेतना हो ईमानदारिता हो जिम्मेवारिता हो । त्यो उच्च चेतनाले मात्र यो दुनियाँ बदलिन्छ । त्यसैले आज सम्पुर्ण बौद्धिक ब्यक्तित्वहरु एउटा मंच उभिनु नै पर्छ । साहित्य र देशकालागी केहि गर्ने र गराउने प्रण गरॆ निश्चय नै केहि हुने थियो ।








नाम : मोहन मणि लम्साल

साहित्यिक उपनाम: मोहन लम्साल
जन्मथलो : दिंला, भोजपुर (केउरेनिपानी - ३)
आमाबुवाको नाम : साबित्र/लेखनाथ
साहित्यिक क्षेत्रमा प्रबेश : २०४४
साहित्यमा उत्प्रेरणा : आदरणीय गुरु श्री गुरुप्रसाद राई (शयली)
प्रकाशित कृतिहरु : फुटकर कबिता, कथा र गजल
मन पर्ने साहित्य : गजल, कथा र कबिता
साहित्यलाई भन्नै पर्दा : जीवन र जगत प्रतिको प्रतिबिम्बित अभिब्यक्ति हो
रुची र लक्ष्य : साहित्य साधनामा निरंतरता दिने
नेपाली साहित्यको भबिष्य : राम्रो होला भन्ने आशा राख्छु












नाम : विमल गौतम

साहित्यिक उपनाम: "नयाँघरे जेठो"
जन्मथलो : चैनपुर -८ भन्ज्यांग संखुवा-सभा
आमाबुवाको नाम : लक्ष्मी प्रसाद / शिव कुमारी
साहित्यिक क्षेत्रमा प्रबेश : (मिती)2057
साहित्यमा उत्प्रेरणा : समाज मा धटने विभिन्न घटनाक्रम बाट

प्रकाशित कृतिहरु : फुटकर गित कविताहरु
मन पर्ने साहित्य : कविता गजल
साहित्यलाई भन्नै पर्दा : साहित्य बिनाको जीवन अपुरो हुन्छ
रुची र लक्ष्य : समाज सेवा

नेपाली साहित्यको भबिष्य : युवा पुस्तामा रुची बढ्दै गएकोले उज्वल छ भन्न सकिन्छ

अन्त्यमा भन्नु पर्ने केही रह्यो की ?- समाज का संगति विसंगति लाई गीत र कविता मा यदाकदा आत्मा सन्तुस्टी को लागि उतार्ने गर्छु . जसलाई भोजपुरे परिवारले प्रकासित गरेर गुण लगाएको छ यहाँ हरुलाई धन्यवाद /










नाम :गीता
साहित्यिक उपनाम:"दोषी"
जन्मथलो :ओखलढुङ्गा
आमाबुवाको नाम : नर बहादुर खड्का,डम्बर कुमारी खड्का
साहित्यिक क्षेत्रमा प्रबेश : (मिती) २०५९ नेपालप्लुस मार्फत २००८ मा पब्लिश भएको मेरो पहिलो लेख सकारात्मक सोच राखे कसो होला।
साहित्यमा उत्प्रेरणा : आँफू भित्र जन्म भएको भावनाले
प्रकाशित कृतिहरु : अहीले सम्म छैनन् आउँदो दिनमा भन्न सक्तिन।
मन पर्ने साहित्य : मुना मदन
साहित्यलाई भन्नै पर्दा : जिन्दगीको अर्को पाटो
रुची र लक्ष्य : साहित्यलाई समय ले साथ दिएँ सम्म सधैं निरन्तरता दिने।
नेपाली साहित्यको भबिष्य : सबैको रुचीको बिषय भएको कारणले गर्दा राम्रो हुनुपर्छ साहित्यको भबिष्य।

अन्त्यमा भन्नु पर्ने केही रह्यो की ?

मेरो मनको कुरा भन्नै पर्दा,हाम्रा नेपाली दाजूभाई तथा दिदीबहिनीहरुले एकतामा नै बल हुन्छ भन्ने कुरा चाँडै बुझुन। अन्त्यमा सम्पूर्ण भोजपुरे परिवारलाई हार्दिक धन्यवाद भन्न चाहन्छु। बिदेशी मरुभूमीमा रहेर पनि साहित्यलाई यति माया गरी हामीलाई सबै सामु पुर्‍याकोमा धन्यवाद।













नाम : टंकबहादुर पण्डित

साहित्यिक नाम : सुमन वैरागी
जन्मथलो : हर्मी-९ ठानेश्वारा गोरखा
आमाको नाम : चित्रकुमारी पण्डित
बाबुको नाम : कुलबहादुर पण्डित
साहित्यिक क्षेत्रमा प्रवेश मिति : २०५६ तर सानैदेखि रुची
साहित्यमा उत्प्रेररणा : म सम्पूर्ण साहित्यको अध्ययन गर्छु त्यो नै मलाई मिलेको उत्पे्ररणा ठानेको छु ।
प्रकाशित कृतिहरु : छैन
मनपर्ने साहित्य : गीत कविता गजल
साहित्यलाई भन्नैपर्दा : जीवनको अनुभूित
रुची र लक्ष्य : साहित्यिक क्षेत्रको विकास गर्ने र आधुनिक साहित्यको संरक्षण गर्ने
नेपाली साहित्यको भविष्य : अनन्तकालसम्म अजर अमर रहनेछ ।

अन्त्यमा भन्नुपर्ने केही रह्यो की ?

सम्पूर्ण साहित्यप्रेमी नेपालीहरुले अबको भावी दिनमा आधुनिक साहित्यको विकास गर्दै अझ पूर्खाले सिर्जिएको साहित्यको संरक्षण गर्दै जानुपर्नेछ । फेरी महाकवि आदिकवि युवाकवि युगकवि राष्ट्रकवि जस्ता व्यक्तित्वको जन्म यहि धर्तीबाट हुनुपर्नेछ । हामी सबैले नेपाली साहित्यको विकास मिलेर गरौं र भोजपुरे ब्लगले गर्दै आएको साहित्यिक माया र ममताको कदर गर्दै अझ उत्कृष्ट उचाईमा पुर् याउन सहयोग गरौं ।